ठेक्का तोडिएका आयोजनाको पुनः व्यवस्थापन प्रक्रिया सुरु



काठमाडौं,चैत ६— एकैपटक धेरै ठेक्का तोडिँदा पूर्वाधार विकासमा असर परेपछि सरकारले ती आयोजनाको पुनः ठेक्का व्यवस्थापन प्रक्रिया सुरु गरेको छ।

सडक विभागका अनुसार ठेक्का तोडिएका आयोजनाको मूल्याङ्कन, स्रोत सुनिश्चितता र नयाँ ठेक्का आह्वानको तयारी भइरहेको छ। यसअघि विभिन्न मन्त्रालयअन्तर्गत दर्जनौँ ठेक्का तोडिँदा विकास निर्माणमा अवरोध देखिएको छ।

अधिकारीहरूका अनुसार ठेकेदारलाई कालोसूचीमा राख्ने, जमानत जफत गर्ने र बाँकी काम नयाँ प्रक्रियाबाट अघि बढाउने काम भइरहेको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले ठेक्का तोड्दा प्रक्रिया फेरि सुरु गर्नुपर्ने भएकाले समय र लागत बढ्ने जोखिम रहेको बताउनुभयो।

यता नेपाल निर्माण व्यवसायी महासङ्घले भने ठेक्का तोड्ने निर्णयले निर्माण क्षेत्रमा अविश्वास बढेको र बैंकिङ प्रणालीसमेत प्रभावित भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्