चुनावमा ८५% उम्मेदवार ‘फेल’ — हजारौँको धरौटी जफत
काठमाडौँ, चैत ६ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको धरौटी जफत भएको छ।
३ हजार ४०५ उम्मेदवारमध्ये २ हजार ८८७ (झन्डै ८५ प्रतिशत) को जमानत जफत भएको हो भने ५१८ जनाले मात्र धरौटी जोगाएका छन्। कानुनअनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।
समानुपातिकतर्फ पनि ५७ मध्ये ५१ दलको धरौटी जफत भएको छ।जफत रकम सङ्घीय सञ्चित कोषमा जानेछ।
निर्वाचनमा कुल २७५ सदस्यमध्ये १७९ पुरुष र ९६ महिला निर्वाचित भएका छन् भने निर्वाचन सञ्चालनमा करिब ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।

