रास्वपाको ‘संसद तयारी’—१८२ सांसदलाई विशेष प्रशिक्षण
काठमाडौँ, चैत ६ । ऐतिहासिक जनादेशसहित विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास, जिम्मेवारी र आचरणबारे प्रशिक्षण दिएको छ।
चैत ३ र ४ गते सम्पन्न अभिमुखीकरणमा सभापति रवि लामिछानेले जनताको भरोसा पूरा गर्न सांसदलाई जिम्मेवार बन्न निर्देशन दिएका थिए। कार्यक्रममा संसद्को कार्यशैली, कानुन निर्माण प्रक्रिया र जनअपेक्षा सम्बोधनबारे छलफल गरिएको थियो।
रास्वपाले सुशासन, भ्रष्टाचार नियन्त्रण, भनसुन अन्त्य र आवश्यकताका आधारमा बजेट विनियोजनलाई प्राथमिकतामा राख्ने जनाएको छ। साथै संविधान सुधार र राजनीतिक प्रणालीमा सुधार गर्ने लक्ष्य पनि अघि सारेको छ।

