सुनको मूल्य घटेर तोलाको ३ लाख कम मूल्यमा हुँदैछ कारोबार ?
काठमाडौ,चैत ६ । सुनको मूल्यमा आज पनि भारी गिरावट आएको छ । आज सुनको मूल्य एकै दिन ७८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ९४ हजार ५०० रुपैयाँमा आएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा उच्च गिरावट आएर ५ हजार तल कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।

