“ढोरपाटन सेताम्य” — हिमपातले जनजीवन प्रभावित



ढोरपाटन,चैत ७। पश्चिम नेपालको उच्च पहाडी क्षेत्र ढोरपाटन मा शुक्रबार दिउँसोदेखि हिमपात सुरु भई जनजीवन प्रभावित भएको छ।

दिउँसो करिब ३ बजेदेखि परेको हिमपातका कारण ढोरपाटन उपत्यका तथा आसपासका क्षेत्र सेताम्य बनेका छन्। ढोरपाटन उपत्यका होटल व्यवसायी संघ का अध्यक्ष जीवन पुनका अनुसार निरन्तर हिमपातका कारण स्थानीय बासिन्दालाई आवतजावतमा समेत समस्या भएको छ।

शुक्रबारदेखि नै मौसम बदली हुँदै आएको थियो भने अहिले पनि हिमपात जारी रहेको जनाइएको छ। हिमपातसँगै चिसो बढेकाले दैनिक जनजीवन थप प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्