यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं,चैत ७ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ १२ पैसा र बिक्रीदर १७३ रुपियाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिड एकको खरिददर २०० रुपियाँ ३८ पैसा र बिक्रीदर १०१ रुपियाँ १९ पैसा, स्वीस फ्रयाइक एकको खरिददर १९० रुपियाँ १ पैसा र बिक्रीदर १९० रुपियाँ ७७ पैसा कायम गरिएको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ ८९ पैसा र बिक्रीदर १०६ रुपियाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ४ पैसा र बिक्रीदर १०९ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ १ पैसा र बिक्रीदर ११७ रुपियाँ ४८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ७३ पैसा र बिक्रीदर २१ रुपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ४५ पैसा र बिक्रीदर ४० रुपियाँ १ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ४० पैसा र बिक्रीदर ४१ रुपियाँ ११ पैसा कायम भएको छ ।
केन्द्रीय बैड्ङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४० रुपियाँ ७४ पैसा र बिक्रीदर ४० रुपियाँ ९१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नो रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ७ पैसा र बिक्रीदर १६ रुपियाँ १४ पैसा र डेनिस कोनर एकको खरिददर २३ रुपियाँ १७ पैसा र बिक्रीदर २३ रुपियाँ २६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हडकड डलर एकको खरिददर १९ रुपियाँ १० पैसा र बिक्रीदर १९ रुपियाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपियाँ ६ पैसा र बिक्रीदर ४९० रुपियाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपियाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपियाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपियाँ ६८ पैसा र बिक्रीदर ३९० रुपियाँ २३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि सशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैड्डकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

