“बीपी राजमार्ग पूर्ण अवरुद्ध” — बाढी र पहिरोले यातायात ठप्प



काठमाडौँ, चैत ७ । बाढी र पहिरोका कारण बीपी राजमार्ग आज बिहान साढे तीन बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

काभ्रेको रोशी गाउँपालिका क्षेत्रका चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगालगायत स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध बनाएको प्रहरीले जनाएको छ। बाढीले डाइभर्सन सडक समेत बगाउँदा समस्या झनै बढेको हो।

सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्।हाल सडक खुलाउने प्रयास भइरहेको छ भने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्