“देशभर उल्लास” — मुस्लिम समुदायले मनाउँदैछन् इद–उल–फित्र



काठमाडौँ,चैत ७ । देशभरका इस्लाम धर्मावलम्बीले आज हर्षोल्लासका साथ इद–उल–फित्र पर्व मनाइरहेका छन्। रोजा (व्रत) समाप्त भएपछि मनाइने यो पर्व मुस्लिम समुदायका लागि विशेष महत्वको मानिन्छ।पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

काठमाडौँको घण्टाघर आसपासका मस्जिदसहित देशभरका मस्जिदमा बिहानैदेखि सामूहिक नमाज पढ्दै एकअर्कामा शुभकामना साटासाट गरिएको छ।

इदका अवसरमा ‘सेवई’ लगायतका परिकार खाने, आफन्तजनसँग भेटघाट गर्ने र खुसी साट्ने परम्परा रहेको छ। यसैगरी, मुस्लिम धर्मावलम्बीले ‘जकात’ (दान) दिँदै दीन दुःखी तथा गरिबलाई सहयोग गर्ने चलन पनि रहेको छ।

एक महिनासम्म व्रत बसेपछि मनाइने यो पर्वलाई आपसी सद्भाव, सहयोग र मानवताको सन्देश दिने पर्वका रूपमा लिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्