“दाउन्नेमा यातायात प्रभावित” — वर्षा र लेदोले सवारी अड्किँदा जाम



नवलपुर,चैत ७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड को दाउन्ने क्षेत्रमा वर्षा र लेदो माटोका कारण यातायात सञ्चालन प्रभावित भएको छ।

सडक अत्यधिक चिप्लो हुँदा सवारी साधनहरू उकालो चढ्न नसक्ने र बीच सडकमै अड्किने समस्या बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विशेषगरी भारी मालवाहक ट्रकहरू अड्किँदा लामो जाम हुने गरेको छ।

यसका कारण एम्बुलेन्ससहित अत्यावश्यक सेवामा समेत असर परेको छ भने यात्रुहरूलाई सामान्य दूरी पार गर्न पनि घण्टौँ समय लागिरहेको छ।

सडक पूर्ण रूपमा बन्द नभए पनि सवारी साधनहरू सुस्त गतिमा सञ्चालन भइरहेका छन्। जोखिम कम गर्न दाउन्ने क्षेत्रमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।

सडक सुधार नभएसम्म यस्तो समस्या जारी रहने भन्दै सावधानीपूर्वक यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्