नेविसंघको ठूलो निर्णय: कांग्रेसबाट कार्यगत रूपमा अलग, स्वायत्त रूपमा सञ्चालन हुने
काठमाडौँ, चैत ७। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेस को भ्रातृ संस्थाबाट कार्यगत रूपमा अलग हुने निर्णय गरेको छ।
काठमाडौंमा सम्पन्न नेविसंघको सिनेट बैठकले संघलाई अब विद्यार्थीको हितग्राही संस्थाका रूपमा स्वतन्त्र र स्वायत्त रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
सिनेट बैठकले कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था राख्ने भए पनि पार्टीको प्रत्यक्ष प्रभाव र संरचनाभित्र नरहने प्रस्ताव पारित गरेको छ।संघका अध्यक्ष दुजाङ शेर्पा ले बदलिँदो समयअनुसार विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउन कार्यप्रणालीमा सुधार आवश्यक देखिएको बताए। “विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन स्वायत्तता जरुरी थियो,” उनले भने।
यद्यपि, नेविसंघले कांग्रेसको वैचारिक समर्थन भने कायम राख्ने स्पष्ट पारेको छ।

