कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेलाई पितृशोक, नेता पूर्णबहादुर खड्काद्वारा समवेदना व्यक्त
पाँचथर,चैत ७– नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य भिष्मराज आङ्देम्बेलाई पितृशोक परेकाे छ । उहाँका पिता तथा प्रजातन्त्र सेनानी घनेन्द्रराज आङ्देम्बेको निधन भएपछि परिवारसहित समग्र कांग्रेस वृत्त शोकमग्न बनेको छ।
स्वर्गीय आङ्देम्बे प्रजातन्त्र स्थापनाका लागि संघर्षरत एक अग्रज व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो। उहाँको निधनले लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको भन्दै विभिन्न राजनीतिक नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्का ले शोक वक्तव्य जारी गर्दै स्वर्गीय आङ्देम्बेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उहाँले आङ्देम्बेको योगदानको स्मरण गर्दै लोकतन्त्रका लागि उहाँले खेलेको भूमिकालाई सधैं सम्मानका साथ सम्झिइने उल्लेख गर्नुभएको छ।
खड्काले शोकाकुल सहमहामन्त्री भिष्मराज आङ्देम्बे सहित सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

