नुवाकोटमा १७ वर्षीय युवक बेपत्ता, खोजी कार्य तीव्र
नुवाकोट, चैत ७। नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार च्वान्डाँडाबाट १७ वर्षीय युवक बेपत्ता भएका छन्।
स्थानीय संकल्प लोहनी बिहीबार बेलुका घरबाट “खत्रीबेसीमा नारायण पूजा जान्छु” भन्दै निस्किएको र हालसम्म सम्पर्कविहीन भएका उनका हजुरबुवा सनतबहादुर लोहनीले जानकारी दिएका छन्।
परिवारका अनुसार उनी त्यसयता घर नफर्किएको र आफन्तसँग समेत सम्पर्कमा नआएकोले खोजी कार्य तीव्र पारिएको छ। छहरे अस्थायी प्रहरी पोस्टले पनि उनको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।
परिवारले संकल्पलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी चौकी वा ९८४९१०१५६२ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरेको छ। साथै ९७६४६०५२६० र ९७६५२२८१३१ नम्बरमा समेत जानकारी दिन सकिने बताइएको छ।

