नुवाकोटका ज्येष्ठ सिलाई व्यवसायी सम्मानित



नुवाकोट, चैत ७। नुवाकोटका सिलाई पेशामा आवद्ध ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।

नेपाल कपड़ा तथा सिलाई व्यवसायी महासंघ ले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर बागमती प्रदेशका २२ जना ज्येष्ठ सिलाई व्यवसायीलाई सम्मान गरेको हो। सोही क्रममा नुवाकोटका दुई जना ज्येष्ठ नागरिक पनि सम्मानित भएका छन्।

सम्मानित हुनेमा विदुर नगरपालिका–९ कोलोनीकी धनकुमारी नेपाली र सूर्यगढी गाउँपालिका–१ का रामजी दमाई रहेका छन्। महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ का अनुसार लामो समयदेखि सिलाई पेशामा योगदान पुर्‍याएका ज्येष्ठ व्यवसायीलाई सम्मान गरिएको हो।

यसैबीच, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नुवाकोट का अध्यक्ष कमल नेपालीले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत सिलाई व्यवसायीलाई प्रोत्साहन गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्