सुनचाँदीको मूल्यमा भारी गिरावट, एकै दिन सुन १२ हजार ५०० रुपैयाँ घट्यो



काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि ३५५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ५ सय ४० रुपैयाँ तोकिएको छ।

यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्