हिमपात र असिनाले १२ भेडा मरे



हुम्ला, चैत ८ – शुक्रबार परेको हिमपात र असिनाको चिसोले खार्पुनाथ गाउँपालिका–२, तिलाइला पाटनमा पालन गरिएका १२ वटा भेडा मरेका छन्।

भेडा पालक जनक रावलका अनुसार, तिलाइला पाटन करिब ४ हजार मिटर उचाइमा पर्ने भएकाले बाक्लो हिमपात र असिनाले चिसो बढेको थियो। मरेका भेडामध्ये दश वटा रावलकै, दुई वटा ढकाल रावलका थिए। अहिले सात भेडा भेटिएका छन् भने पाँच भेडा अझै फेला परेका छैनन्।

हिमपातपछि भेडा ओडारमा तितरबितर भएर मृत अवस्थामा भेटिएका थिए। जमिनमा एक फिटसम्म बाक्लो हिउँ परेको कारण बेपत्ता भेडा खोज्न कठिन भइरहेको जनाइएको छ। उक्त खर्कमा दुई परिवारका १८० भेडा चैत १ गते लगिएका थिए।

प्रतिक्रिया दिनुहोस्