वर्षासँगै काठमाडौँको हावा सफा: प्रदूषण १७८ बाट घटेर ६० एक्युआईमा



काठमाडौँ, चैत ८ — शुक्रबारदेखि परेको वर्षासँगै मुलुकका अधिकांश स्थानमा वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ।

एयर क्वालिटी इन्डेक्स (AQI) का अनुसार केही दिनअघि १७८ एक्युआई पुगेको काठमाडौँ अहिले ६० एक्युआईमा झरेको छ। यससँगै काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा दोस्रो स्थानबाट झरेर ६७औँ स्थानमा पुगेको छ।

एक्युआई मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘सचेत रहनुपर्ने’, १०१–१५० ‘अस्वस्थ’ र १५१ माथि ‘झन् जोखिमपूर्ण’ मानिन्छ। हालको अवस्था ‘सचेत रहनुपर्ने’ श्रेणीभित्र पर्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा र हावाहुरीले हावामा रहेका धुलो तथा प्रदूषणका कण जमिनमा झार्ने र अन्यत्र लैजाने भएकाले प्रदूषण घटेको हो।

उनले लामो समय वर्षा नहुँदा वायुमण्डलमा धुलोका कण थुप्रिने र काठमाडौँ कचौरा आकारको सहर भएकाले प्रदूषण सजिलै बाहिर निस्कन नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्