मौसम पूर्वानुमानमा सुधार, जनजीवनमा बढ्दो उपयोगिता



काठमाडौं, चैत ९ । केही वर्षअघिसम्म नेपालको मौसम पूर्वानुमानप्रति अविश्वास रहने गरे पनि पछिल्ला वर्षहरूमा जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमान धेरै हदसम्म मिल्न थालेको छ।

विज्ञान र प्रविधिको विकाससँगै वर्षा, हिमपात, हावाहुरी तथा बाढीपहिरोजस्ता प्राकृतिक घटनाको पूर्वानुमान प्रभावकारी बन्दै गएको छ। यसले कृषकलाई खेतीपातीमा, यात्रुलाई सुरक्षित यात्रा गर्न तथा विपद् न्यूनीकरणमा ठूलो सहयोग पुर्‍याएको छ।

मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक सुमनकुमार रेग्मी का अनुसार पूर्वानुमानका आधारमा सावधानी अपनाउँदा जनधनको क्षति घटाउन मद्दत पुगेको छ। हाल तीन दिनसम्मको पूर्वानुमान सार्वजनिक गरिँदै आएको छ भने सात दिनसम्मको पूर्वानुमान अझै चुनौतीपूर्ण रहेको बताइएको छ।

यसैबीच, विश्व मौसम विज्ञान दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यस वर्षको नारा ‘आजको अवलोकन भोलिको सुरक्षा’ राखिएको छ।

प्रतिक्रिया दिनुहोस्