यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं,चैत ९ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ १५ पैसा र बिक्रीदर १७३ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपियाँ ६६ पैसा र बिक्रीदर २०० रुपियाँ ४६ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ९० पैसा र बिक्रीदर १९० रुपियाँ ६६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ १० पैसा र बिक्रीदर १०५ रुपियाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ०४ पैसा र बिक्रीदर १०९ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ७० पैसा र बिक्रीदर ११७ रुपियाँ १६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ७३ पैसा र बिक्रीदर २१ रुपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ८५ पैसा र बिक्रीदर ४० रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ९४ पैसा र बिक्रीदर ४१ रुपियाँ ११ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ७४ पैसा र बिक्रीदर ४० रुपियाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९४ पैसा र बिक्रीदर ०९ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०२ पैसा र बिक्रीदर १६ रुपियाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १७ पैसा र बिक्रीदर २३ रुपियाँ २७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ १० पैसा र बिक्रीदर १९ रुपियाँ १८ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपियाँ ०६ पैसा र बिक्रीदर ४९० रुपियाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपियाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपियाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपियाँ ६८ पैसा र बिक्रीदर ३९० रुपियाँ २३ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

