सुनकाे मूल्यमा भारी गिरावट, दुई दिनमै प्रतितोला १९ हजारले घट्यो
काठमाडाैं,चैत ९ । नेपाली बजारमा सुनकाे भाउ लगातार भारी मूल्यले घट्ने क्रम जारी छ । हिजाे प्रतिताेला १२ हजार ५०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज पनि ताेलामा ६ हजार ५०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रिताेला २ लाख ७५ हजार ५०० रूपैयाँ ताेकिएकाे छ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ८२ हजार रूपैयाँमा काराेबार भएकाे थियाे । दुई दिनमा सुन ताेलामा १९ हजार रूपैयाँले घटेकाे हाे।
यता आज चाँदीकाे मूल्य पनि ताेलामा ११५ रूपैयाँले घटेकाे छ। यस दिन चाँदीकाे भाउ प्रतिताेला ४ हजार ४ सय २५ रूपैयाँमा झरेकाे छ।
हिजाे ताेलामा ३५५ रूपैयाँ घटेर चाँदी प्रतिताेला ४ हजार ५४० रूपैयाँमा काराेबार भएकाे छ।

