४.१ म्याग्निच्युडको भूकम्प



काठमाडौं, चैत ९ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दिउँसो १ बजेर १४ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

यसअघि पनि सोमबार नै बिहान ३ बजेर ५१ मिनेट जाँदा दार्चुला जिल्ला केन्द्रित भूकम्प गएको थियो।

हालसम्म भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्