नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम उच्च
काठमाडौं,चैत ९ — साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ। आज नेप्से परिसूचक ५ दशमलव ०१ अङ्कले वृद्धि भई दुई हजार ९३६ दशमलव ५६ विन्दुमा पुगेको हो।
आज कुल ३४२ कम्पनीका तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर एक लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा केही समूहको सूचक घटेका छन्। बैङ्किङ समूह ०.२७ प्रतिशत, विकास बैङ्क ०.५० प्रतिशत, होटल तथा पर्यटन ०.८६ प्रतिशत, जीवन बीमा ०.४८ प्रतिशत, निर्जीवन बीमा ०.०४ प्रतिशतले घटेका छन्।
यता, वित्त ०.२० प्रतिशत, जलविद्युत् ०.९६ प्रतिशत, लगानी ०.७२ प्रतिशत, उत्पादन तथा प्रशोधन १.५३ प्रतिशत, लघुवित्त ०.४३ प्रतिशत, म्युचुअल फन्ड ०.८८ प्रतिशत तथा अन्य समूह ०.०१ प्रतिशतले बढेका छन्।
आजको कारोबारमा सलपा विकास बैङ्क, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी गिरावट सनराइज फस्ट म्युचुअल फन्डमा देखिएको छ, जसको मूल्य ३.७१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैङ्क लिमिटेड अग्रस्थानमा रहेको छ। उक्त बैंकको ६७ करोड २३ लाख ७८ हजार १५६ रुपैयाँ बराबरको २७ लाख ६८ हजार १०९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको

