रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा मङ्गलबार सुनुवाइ



काठमाडौँ,चैत ९ — रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा सोमबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राख्दै मङ्गलबारका लागि सारिएको हो। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो।

यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चैत ५ गते महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको थियो। सोहीअनुसार आजका लागि पेसी तोकिएको भए पनि सुनुवाइ पूरा हुन नसकेको हो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।

यस प्रकरणमा सर्वोच्च अदालतको आगामी निर्णयले कानुनी र राजनीतिक वृत्तमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्