रास्वपाको केन्द्रीय समिति बैठक चैत १२ मा, संसदीय दलको नेता चयन मुख्य एजेन्डा
काठमाडौँ, चैत ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चैत १२ गते बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था तथा पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।
बैठकको प्रमुख एजेन्डा संसदीय दलको नेता चयन रहेको छ। चैत १३ गते वरिष्ठ नेता बालेन शाह लाई प्रधानमन्त्रीको शपथ गराउने तयारी भइरहेका बेला संसदीय दलको नेता चयन नभएको अवस्थालाई लिएर बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।
बैठक दिनको ४ बजे घण्टीघर–वनस्थली क्षेत्रमा बस्ने तय गरिएको छ। सोही दिन नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रमसमेत रहेको छ।
रास्वपाले बहुमतसहित सरकार गठनको तयारी गरिरहेको सन्दर्भमा यस बैठकबाट नेतृत्व चयन र आगामी रणनीति स्पष्ट हुने अपेक्षा गरिएको छ।

