इन्धन बचतका लागि जोरबिजोर प्रणालीबारे छलफल



काठमाडौँ, चैत १० । सरकारले इन्धन खपत घटाउने उद्देश्यले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा छलफल अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यातायात व्यवस्था विभागले व्यवसायीसँग यसबारे परामर्श गरिरहेका छन्।

पश्चिम एसियाली द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि यस्तो कदमबारे सोचिएको हो। यद्यपि, कहिलेदेखि लागू गर्ने भन्ने निर्णय भइसकेको छैन।

सरकारले इन्धन खपत घटाउन विद्युतीय उपकरण प्रयोग बढाउन समेत आग्रह गरेको छ। साथै पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात भने बढ्दै गएको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्