सुनको भाउ लगातार घट्दै, आज पनि तोलामा १६ सय रुपैयाँ गिरावट



काठमाडौँ,चैत १०— स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ। साताको सुरुदेखि नै ओरालो लागेको सुनको भाउमा मंगलबार पनि गिरावट जारी रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ६०० रुपैयाँले कम हो।

यसअघि आइतबार सुन तोलामा १२ हजार ५०० रुपैयाँ र सोमबार ६ हजार ५०० रुपैयाँले घटेको थियो। लगातार गिरावटले बजारमा सुनको भाउमा उल्लेखनीय कमी आएको देखिएको छ।

यता चाँदीको मूल्य भने आज सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्