नुवाकोटको दुप्चेश्वरमा युवा समाजसेवी खड्काद्वारा स्थानीय समाजलाई भाँडाकुँडा सहयोग
नुवाकोट,चैत १०— नेकपा एमालेका नेता तथा युवा समाजसेवी सुशिल कुमार खड्काले दुप्चेश्वर गाउँपालिकामा भाँडाकुँडा सहयोग हस्तान्तरण गरेका छन्।
दुप्चेश्वर गाउँपालिका–१ बोलुङ कटुन्जेमा आयोजित कार्यक्रममा खड्काले करिब २ लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेका हुन्। सहयोगस्वरूप ३ सय थान थाल, ३ सय कचौरा, ५ सय चम्चा, ६ थान बाटा, ९ थान डाडुपन्यु, २ ठूला डेक्ची र ३ सेट डिस उपलब्ध गराइएको छ।
कार्यक्रममा बागमती प्रदेश कमिटी विभाग सदस्य राजकुमार पण्डित, दुप्चेश्वर–७ का वडा कमिटी अध्यक्ष दिपक पण्डित तथा युवा संघका स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहयोग हस्तान्तरण गर्दै खड्काले “हामी जनताकै साथमा र जनतामाझमै छौँ” भन्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीय स्तरमा हुने सामूहिक कार्यक्रम तथा आवश्यक कार्यमा सहजता पुग्ने विश्वास गरिएको छ।

