सुनचाँदीको मूल्यमा उच्च वृद्धि, तोलामा १४ हजार ६०० ले बढ्यो सुन



काठमाडौं, चैत ११ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सुनको भाउ प्रतितोला १४ हजार ६०० रुपैयाँले बढ्दा चाँदी पनि प्रतितोला ४१५ रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९२० रुपैयाँ कायम भएको छ।

यसअघि मङ्गलबार सुन प्रतितोला दुई लाख ७३ हजार ९०० र चाँदी चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस चार हजार ६०० अमेरिकी डलर र चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्