ज्येष्ठ सदस्य केसीद्वारा शपथ ग्रहण, बिहीबार सांसदलाई शपथ गराउने



काठमाडौँ,चैत ११ — प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बुधबार शीतल निवासमा आयोजित समारोहमा रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउनुभएको हो।

शपथग्रहण कार्यक्रममा रामसहायप्रसाद यादव, प्रकाशमान सिंह राउत, नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसद तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

७८ वर्षीय केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीतर्फ निर्वाचित हुनुभएको हो।

राष्ट्रपतिबाट शपथ लिएपछि केसीले ज्येष्ठ सदस्यको हैसियतमा बिहीबार चैत १२ गते प्रतिनिधि सभाका अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ। सभामुख चयन नभएसम्म प्रतिनिधि सभाको बैठकको अध्यक्षता पनि ज्येष्ठ सदस्यले नै गर्ने व्यवस्था छ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्