विदुरमा सहकारीहरूको प्रगति समीक्षा कार्यक्रम सम्पन्न
नुवाकोट, चैत ११ — विदुर नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूको आर्थिक वर्ष २०८२–८३ को दोस्रो चौमासिक प्रगति तथा २०८१–८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सहकारी तथा संघसंस्था शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं. २ का अध्यक्ष दिपक कायस्थ, वडा नं. ९ का अध्यक्ष हरेराम भण्डारी, योजना शाखा प्रमुख हरी प्याकुरेललगायत सहकारीका व्यवस्थापक, प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहकारी संस्थाहरूको प्रगति समीक्षा, अनुभव आदान–प्रदान तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको जनाइएको छ। नगरभित्र रहेका सहकारीहरूको सुदृढीकरण, पारदर्शिता र प्रभावकारी सञ्चालनका लागि यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।

