नुवाकोटमा पहिरोमा पुरिएर एकको मृत्यु, उद्धार कार्य जारी
नुवाकोट, चैत ११ — शिवपुरी गाउँपालिका–३ गौजेनीस्थित भित्री सडक खण्डमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब २ः१० बजे मैदानबाट लप्सेतर्फ जाने सडकमा स्काईभेक्टर (डोजर)ले बाटो खन्ने क्रममा माथिबाट ठूलो ढुङ्गासहितको पहिरो खसेको हो। पहिरोमा परी सोही स्थानका करिब ३५ वर्षीय फुलमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा स्काईभेक्टर चालक ललितपुरका २४ वर्षीय अमृत तामाङ पहिरोमा पुरिएको अवस्थामा रहेका छन्। उनको उद्धारका लागि नेपाल प्रहरीको टोली र स्थानीयवासी परिचालित छन्।
घटनास्थलमा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

