रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र शाह चयन



काठमाडौँ,चैत १२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ।

आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो। बैठकमा पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई उक्त जिम्मेवारी दिने प्रस्ताव राख्नुभएको थियो।

उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।

यससँगै शाहले संसद्भित्र पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्