बालेन्द्र शाहको ‘जय महाकाली’ गीत सार्वजनिक
काठमाडौँ,चैत १२ — राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहको नयाँ गीत ‘जय महाकाली’ सार्वजनिक भएको छ।
शाहले आज आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गर्नुभएको हो। गीतमा उहाँकै शब्द, सङ्गीत तथा स्वर समावेश रहेको छ।
गीतको भिडियोमा उहाँको चुनावी अभियानका विभिन्न दृश्यहरू समेटिएका छन्, जसले राजनीतिक यात्रालाई समेत झल्काउने प्रयास गरेको देखिन्छ। भिडियो सम्पादन बिकेश मगरले गर्नुभएको हो।
शाहको यस नयाँ प्रस्तुति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शक तथा समर्थकबाट मिश्रित प्रतिक्रिया आइरहेको

