एमाले सच्चिनुपर्ने होइन, सही मार्गमै छौँ : केपी शर्मा ओली



काठमाडौँ,चैत १३— नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी वैचारिक रूपमा सही दिशामै रहेको दाबी गर्नुभएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सांसदहरूसँगको छलफलका क्रममा बोल्दै अध्यक्ष ओलीले एमाले सच्चिनुपर्ने भन्ने बाह्य दबाबको खण्डन गर्नुभयो। उहाँले पार्टीको ५५ वर्ष लामो इतिहास स्मरण गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो।

हालै सम्पन्न निर्वाचनमा पार्टीले ‘अभूतपूर्व धक्का’ बेहोरेको स्वीकार्दै उहाँले उक्त परिणाम पार्टीको नीति वा विचारका कारण नभई विभिन्न घेराबन्दीका कारण आएको दाबी गर्नुभयो। “हामी कहाँ सच्चिनुपर्ने हो ? विचारहीन बन्ने हो ? वैचारिक हिसाबले हामी सही ठाउँमा छौँ,” ओलीले भन्नुभयो।

उहाँले पार्टीभित्र केही स्वार्थी प्रवृत्ति देखिनु कमजोरी भए पनि त्यसलाई अपराधका रूपमा नलिन आग्रह गर्नुभयो। साथै, एमालेले आगामी दिनमा आफूलाई अझ सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्य लिएको समेत

प्रतिक्रिया दिनुहोस्