असनमा सेतो मच्छेन्द्रनाथको रथपूजा, राष्ट्रपतिद्वारा दर्शन
काठमाडौँ,चैत १३— रामचन्द्र पौडेलले बिहीबार राति सेतो मच्छिन्द्रनाथ जात्राअन्तर्गत असनमा ल्याइएको रथको पूजा तथा दर्शन गर्नुभएको छ।
राष्ट्रपति पौडेलले राति करिब १० बजे असन पुगेर सेतो मच्छिन्द्रनाथको पूजा–आराधना गर्दै प्रसाद ग्रहण गर्नुभएको हो। सेतो मच्छेन्द्रनाथको रथ असन ल्याइएको राति राष्ट्राध्यक्षले स्थलमै पुगेर पूजा गर्ने परम्परा रहिआएको छ।
दरबारमार्गस्थित तीनधारा पाठशालाअघि निर्माण गरिएको करिब ३२ हात लामो रथलाई नागराजको प्रतीक मानिन्छ। चैते दसैँदेखि सुरु हुने यो रथयात्रा वर्षा र सहकालको कामनासँग जोडिएको धार्मिक विश्वास छ।
रथयात्राको दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरव मन्दिरअगाडि लगिनेछ भने तेस्रो दिन लगन पुर्याएर जात्रा सम्पन्न गरिनेछ। लगनमा रहेको मन्दिर परिसरमा रथ तीनपटक परिक्रमा गराउने परम्परा रहेको छ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि सुरु हुने यस जात्रामा हजारौँ भक्तजनको सहभागिता रहने गर्दछ। असन, वसन्तपुर, जैसीदेवल हुँदै लगन पुगेर पुनः मच्छिन्द्र बहालमा रथ ल्याइएपछि जात्रा समापन गरिन्छ।
रथ निर्माणका लागि आवश्यक काठ तथा सामग्री गुठी संस्थानले व्यवस्थापन गर्ने परम्परा रहेको छ। पुजारी नीलकाजी शाक्यका अनुसार कुमारीलाई समेत तीनधारा पाठशाला परिसरमा ल्याएर विधिवत् रूपमा जात्रा सुरु गरिएको

