चैते दसैंको बेला घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु



डोटी,चैत १३— चैते दसैंको बेला डोटीको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा घाँटीमा मासुको टुक्रा अड्किएपछि नेपाली बेहोस भएका थिए। तत्काल आफन्तले उनलाई उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गेलका अनुसार घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्