श्रीमान्द्वारा श्रीमतीको हत्या, आरोपी पक्राउ
दाङ,चैत १३ — दाङको तुलसीपुरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ २७ वर्षीया श्रीमती कमला वलीमाथि धारिलो हतियार प्रहार गरेका हुन्। गम्भीर घाइते भएकी कमलालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतकको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। घटनापछि आरोपी गोपाल वलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

