बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ
काठमाडौँ,चैत १३— रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रहेका शाह हाल प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका नेता हुन्।
संविधान २०७२ जारी भएपछि धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक भएको जनाइएको छ। नवनियुक्त प्रधानमन्त्री शाहले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।


