सुनचाँदीको मूल्यमा गिरावट



काठमाडौँ,चैत १३— स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार हजार ६०० रुपियाँले घटेर दुई लाख ८१ हजार कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५० रुपियाँले घटेर चार हजार ६७० कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० र चाँदी चार हजार ८२० रुपियाँ थियो भने बुधबार सुन दुई लाख ८८ हजार ५०० र चाँदी चार हजार ९२० रुपियाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन चार हजार ४३४ अमेरिकी डलर र चाँदी ६९ डलरमा कारोबार भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्