बालेन नेतृत्वको मन्त्रिपरिषद् गठन, १६ सदस्यीय टिम सार्वजनिक



काठमाडौँ,चैत १३— बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारका मन्त्रीहरूको नाम टुंगो लागेको छ। प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो।

सरकारमा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री, शिशिर खनाललाई परराष्ट्रमन्त्री र सोविता गौतमलाई कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ।

त्यस्तै विराजभक्त श्रेष्ठ उर्जामन्त्री, सुधन गुरुङ गृहमन्त्री, अमरेश कुमार सिंह उद्योगमन्त्री र प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको छ।

यस्तै गीता चौधरी कृषि, विक्रम तिमल्सिना सञ्चार, दिपक साह श्रम, सस्मित पोखरेल शिक्षा, खडक पौडेल पर्यटन, सुनिल लम्साल भौतिक पूर्वाधार, सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुनुभएको छ।

नवनिर्मित मन्त्रिपरिषद्ले सुशासन, मितव्ययिता र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्