प्रधानमन्त्रीसँगै १५ मन्त्रीको शपथ, मन्त्रिपरिषद् पूर्ण



काठमाडौँ,चैत १३ — बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएको लगत्तै मन्त्रिपरिषद्का १५ जना मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले शपथ लिनुभएको हो। मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुदन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री र विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहनुभएको छ।

त्यसैगरी गणेश पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा–खेलकुद, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी, विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त हुनुभएको छ।

यस्तै प्रतिभा रावल भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला, गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन–वातावरण, दीपक साह श्रम, रोजगार तथा सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्नुभएको छ।

नवनिर्मित मन्त्रिपरिषद्ले आजैबाट औपचारिक रूपमा काम सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्