रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन हेलिकप्टर सम्पर्कमा
रसुवा,चैत १३— रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहिन मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कमा आएको छ।
हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार थिए। कम्पनीका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेका अनुसार हेलिकप्टरसँग सम्पर्क टुटेपछि थप विवरण आउन सकेको थिएन ।
उक्त क्षेत्र दुर्गम भएकाले टेलिफोन सम्पर्कटुटेको उनले बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दिउँसो करिब साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको थियोे ।

