सस्मित पोखरेल बने सरकारका प्रवक्ता



काठमाडौँ,चैत १३— सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्।

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा–खेलकुदमन्त्री पोखरेललाई सरकारको आधिकारिक प्रवक्ता तोक्ने निर्णय गरेको हो।

यसअघि प्रायः सञ्चारमन्त्रीलाई नै सरकारको प्रवक्ताको जिम्मेवारी दिने परम्परा रहँदै आएको थियो। नयाँ व्यवस्थासँगै यसपटक फरक अभ्यास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्