पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
काठमाडौँ,चैत १४— केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। जेनजी आन्दोलन दमन गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
प्रहरीले ओलीलाई गुण्डुस्थित निवासबाटै पक्राउ गरेको जनाएको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेका विषयमा छानबिन अघि बढाउने निर्णय गरेसँगै कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
सोही निर्णयपछि सुधन गुरुङ नेतृत्वको गृह मन्त्रालयले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी अति जरुरी पक्राउ पूर्जी जारी गरेको थियो। त्यसअनुसार पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।
प्रहरीले ठूलो संख्यामा टोली परिचालन गरी शुक्रबार राति नै पक्राउ प्रक्रिया अघि बढाएको जनाएको छ। पक्राउका क्रममा ओलीले गाडीको झ्याल खोलेर मुस्कुराउँदै हात हल्लाएको दृश्य देखिएको थियो।

