गृहमन्त्री गुरुङद्वारा सुरक्षाकर्मीलाई कडा निर्देशन



ललितपुर,चैत १४ — सुधन गुरुङले सुरक्षाकर्मीलाई कानुन कार्यान्वयनमा दह्रो रूपमा उभिन निर्देशन दिएका छन्।

शनिबार जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी र प्रभावकारी ढङ्गले काम गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका हुन्।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार गृहमन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको समेत निरीक्षण गरेका छन्।

त्यसैगरी, गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्