ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना, स्वास्थ्य निगरानीमा राखियो



काठमाडौँ,चैत १४ — केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकोमा प्रारम्भिक रिपोर्टका आधारमा उनलाई अस्पतालमै राखिएको हो।

उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीको आधारभूत स्वास्थ्य परीक्षणका साथै उनी दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका र उमेरसमेत बढी भएका कारण चिकित्सकीय निगरानी आवश्यक देखिएको छ।

यसैबीच, पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने स्वास्थ्य परीक्षणपछि प्रहरीले हिरासतमा फर्काएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार उनलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्