ओली पक्राउविरुद्ध एमाले कार्यकर्ता सडकमा, देशभर प्रदर्शन



काठमाडौँ,चैत १४ — केपी शर्मा ओलीको पक्राउविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्ता सडकमा उत्रिएका छन्।

शनिबार बिहान गुण्डुस्थित निवासबाट प्रहरीले ओलीलाई नियन्त्रणमा लिएपछि एमालेका भ्रातृ संगठन र समर्थकहरू राजधानीसहित देशभरका प्रमुख सहरहरूमा प्रदर्शनमा उत्रिएका हुन्।

काठमाडौँको भृकुटीमण्डप र च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय आसपास क्षेत्रमा युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताहरू ठूलो संख्यामा भेला भएका छन्।

प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल ओलीको रिहाइको माग गरेका छन्। च्यासलमा टायर बालेर सडक अवरुद्ध गरिएको छ भने भृकुटीमण्डप क्षेत्रमा पनि विरोध प्रदर्शन जारी रहेको छ।

ओली पक्राउपछि राजनीतिक तनाव बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्