ओली पक्राउविरुद्ध प्रदर्शनमा झडप, लाठीचार्जमा कार्यकर्ता घाइते



काठमाडौँ,चैत १४ — केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गर्दा केही घाइते भएका छन्।

सिंहदरबारको दक्षिण गेटतर्फ जाने क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको हो। घटनामा युवराज ओलीलगायत केही कार्यकर्ता घाइते भएका छन्।

प्रदर्शनकारीले टायर बालेर विरोध जनाएका थिए भने केही सवारीसाधनमा तोडफोडसमेत भएको छ। भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको जनाएको छ। घटनाका क्रममा केही प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालित छन्।

प्रतिक्रिया दिनुहोस्