नुवाकोटमा ओली पक्राउविरुद्ध मसाल जुलुस
नुवाकोट,चैत १४— केपी शर्मा ओलीको पक्राउविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नुवाकोटको विदुरमा मसाल जुलुस निकालेको छ।
एमाले कार्यकर्ता तथा समर्थकहरूले विरोधस्वरूप साँझ मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले ओलीको तत्काल रिहाइको माग गरेका छन्।
ओली पक्राउको विरोधमा देशभर आन्दोलन चर्किँदै जाँदा नुवाकोटमा पनि त्यसको प्रभाव देखिएको छ।

