जनताले महसुस गर्ने काम गर्न सञ्चारमन्त्रीको निर्देशन



काठमाडौँ,चैत १४ — सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

आज मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उनले सञ्चार मन्त्रालय सरकारको अनुहार तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले जनमुखी र परिणाममुखी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।

मन्त्री तिमिल्सिनाले देशमा नयाँ राजनीतिक परिदृश्य देखिएको उल्लेख गर्दै निर्वाचनमार्फत प्राप्त जनादेशअनुसार काम गर्नुपर्ने जिम्मेवारी बढेको बताए।

उनले भने, “जनताको अपेक्षा धेरै छन्, त्यसैले तत्काल परिणाम देखिने गरी काम गर्नुपर्छ।” उनले नवगठित सरकारको भावना अनुरूप सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउन विशेष ध्यान दिन कर्मचारीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्