कानुनभन्दा माथि कोही छैन, अब देशले नयाँ दिशा लिन्छ : गृहमन्त्री गुरुङ



काठमाडौँ,चैत १४ — गृहमन्त्री सुधन गुरुङले देशले अब नयाँ दिशा लिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको विषयलाई ‘प्रतिशोध’का रूपमा नबुझ्न आग्रह गरेका छन्।

गुरुङले कानुनभन्दा कोही पनि माथि नहुने उल्लेख गर्दै यस कदमलाई न्यायको सुरुवातका रूपमा व्याख्या गरेका छन्। उनले लेखेका छन्, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।”

सरकारको पछिल्लो कदमपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्